चिकित्सा शिक्षामा सरकारले तोके भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित

काठमाडौँ - चिकित्सा शिक्षामा सरकारले तोके भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । काठमाडौँ मेडिकल कलेज (केएमसी) ले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरुले मेडिकल माफिया मुर्दावाद, हाम्रो भविष्य सुनिश्चित गर, लुटतन्त्र बन्द गर, विद्यार्थी एकता जिन्दावाद लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
उनीहरुले होस्टल अनिवार्य र मेस अनिवार्य गरिएको गुनासो गरेका छन् । आफूहरुको मागहरु अबिलम्व पुरा गरि कानुनले तोकेको शुल्कमा पढ्ने वातावरणको व्यवस्था गर्न पनि माग गरेका छन् । विद्यार्थीहरुले कानुनको प्रवाह नगरी लिन खोजिएका अतिरिक्त शुल्कहरु तिर्न बाध्य नहुने चेतावनी दिएका छन् ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया