सामलिङ्ग पावरको आइपीओ प्रत्याभूतिकर्तामा एसबीआई र एनआईबिएल

काठमाडौं : सामलिङ्ग पावर कम्पनी लिमिटेडले प्रतिशेयर अंकित सय रुपैयाँका दरले १२ करोड ३० लाख रुपैयाँ साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) को प्रत्याभूति गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई ‘प्रत्याभूतिकर्ता’ नियुक्त गरेको छ ।
यसअघि कम्पनीले साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) को बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेको छ । उक्त सम्झौतापत्रमा सामलिङ्ग पावर कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानु पोखरेलले र एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरे ।
ऊर्जा डेभलपर्स प्रा.लिको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनी लिमिटेडद्धारा इलाम जिल्लामा निर्माणाधीन माईबेनी जलविद्युत आयोजना २०२० को अन्त्य सम्ममा सम्पन्न गर्ने लक्ष्य छ । उक्त आयोजनाबाट वार्षिक उत्पादन हुने पाँच करोड ३२ लाख ८० हजार युनिट बिजुली इलामको गोदकस्थित विद्युत प्राधिकरणको ३३/१३२ के.भी गोदक सवस्टेसन मार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ ।
प्रवर्द्धक कम्पनी सामलिङ्ग पावर कम्पनीका अध्यक्ष तथा ऊर्जा डेभलपर्स प्रा.लि का अध्यक्ष विजयबहादुर राजभण्डारीले विद्यमान प्रतिकूल वातावरणका बाबजुद आयोजनाको सिभिल निर्माण कार्यहरु सुचारु गरी सम्पन्न हुने अन्तिम चरणमा जानकारी दिए । उनले आयोजनाको विद्युत गृहमा तोसिबा (टीपीएससीआई) कम्पनीका प्राविधिकहरुद्धारा इलेक्ट्रोमेकानिकल यन्त्र उपकरणहरु जडान गर्ने कार्य भइरहेको हुँदा आगामी ३ महिनामा जडान एवं परीक्षण सम्पन्न गरिने बताए ।
कम्पनी स्थापनाको चार वर्षभित्र ऊर्जा डेभलपर्सले सम्बद्ध कम्पनीहरुमार्फत ४९ मे.वा को अर्धजलाशययुक्त (पीआरओआर) आयोजना निर्माणाधीन अवस्थामा रहेको तथा अन्य ६ आयोजनाहरु निर्माण विकासको विभित्र चरणमा रहेका छन् ।
‘हाम्रो कम्पनीले निश्चित क्षेत्रमा साझा पूर्वाधार तथा संरचना स्रोत उपयोग (टेरिटोरियल क्यासकेड एण्ड करीडोर) गरी दिगो जलविद्युत आयोजनाहरु निर्माण गर्ने रणनिति लिएको हुनाले आयोजनाको सार्वजनिक शेयर निष्काशनबाट स्थानीय वासिन्दा तथा लगानीकर्ताले उच्च प्रतिफल प्राप्त गर्ने विश्वास छ,' अध्यक्ष राजभण्डारीले भने ।
उनले जलविद्युत् आयोजना न्यूनतम लागत, उच्च गुणस्तर तथा प्रतिस्पर्धी मूल्यमा निर्माण गर्नेतर्फ ऊर्जा डेभलपर्स उन्मुख रहेको जानकारी दिँदै मुलुकको आन्तरिक तथा क्षेत्रीय बजार अध्ययन गरी आगामी दिनमा जलाशय (स्टोरेज) र अर्धजलाशययुक्त (पीआरओआर) आयोजना निर्माण गरिने बताए ।
अध्यक्ष राजभण्डारीले उक्त आयोजनामा बैंक तथा वित्तीय संस्थाहरु पनि विश्वस्त भएकाले छोटो समयमा निर्माण सम्भव भएको उल्लेख गर्दै आयोजनामा आबद्ध सबैको सह्राना गरे । आयोजनाको वित्तीय व्यवस्थापन नेपाल एसबिआई बैंक लिमिटेडको अगुवाईमा सिद्धार्थ बैंक लिमिटेडको सहभागितामा सम्पन्न भएको थियो ।

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_Nbc0oFacYo_zcgozks9a9vnzijvmcyaxgt1ptaf1kohokusl8szds7u7oyeqcajgyxcf68s.png)
प्रतिक्रिया