वाग्मती प्रदेशसभाको बैठक माघ ७ मा

मकवानपुर : वाग्मती प्रदेश सभाको हिउदे अधिवेशन आगामी माघ ७ गतेका लागि बोलाइएको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा १८३ को उपधारा १ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशसभाको सातौँ बैठक अधिवेशन माघ ७ गते दिनको ३ बजे बस्नेगरी बोलाएका हुन् ।
मुख्यमन्त्री कार्यालयले प्रदेशसभा बैठक बोलाउन गरेको सिफारिस अनुसार प्रदेश प्रमुखले आइतबार बैठक बोलाउन आह्वान गरेको प्रदेशप्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।
प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको छैटौँ बैठक गत साउन ८ गते राति १२ बजे अन्त्य भएको थियो । प्रदेशसभामा नेकपाका ८०, नेपाली कांग्रेसका २२, नेपाल मजदुर किसान पार्टीका दुई, विवेकशील साझा पार्टीका तीन, राप्रपाका दुई र एक स्वतन्त्र सदस्य गरी ११० सदस्य छन् । (रासस)

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया