आईएमएस सफ्टवेयर र फोकस वान पेमेन्ट सोलुसनबीच सहकार्य

काठमाडौँ - आईएमएस सफ्टवेयर र फोकस वान पेमेन्ट सोलुसनबीच एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। आईएमएस सफ्टवेयरको त्रिपुरेश्वरस्थित कार्यालयमा एक समारोहबीच आइतबार दुवैपक्षले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। आईएमएस सफ्टवेयरका प्रबन्ध निर्देशक सन्तोष ताम्राकार र फोकस वान पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत प्रणया राजभण्डारीले समझदारीपत्रमा हस्ताक्षर गरे।
दुवै पक्षले मोको डिजिटल वालेटलाई आईएमएस सफ्टवेयरको उपभोक्ता सफ्टवेयरसँग एकीकृत गर्न सहमति जनाएका छन्। यसले भुक्तानी संघका प्रयोगकर्ताहरूले आईएमएस सफ्टवेयरद्वारा उत्पन्न गरिएको डायनामिक क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्षम हुने अपेक्षा गरिएको छ।
आईएमएस सफ्टवेयर नेपालको एक मात्र सफ्टवेयर कम्पनी हो जसले आफ्नो सफ्टवेयर समाधानमा सात डिजिटल भुक्तानी प्लेटफर्महरू सफलतापूर्वक एकीकृत गरेको छ, कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

प्रतिक्रिया