बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

लक्ष्मी बैंकको १०औं एक्स्टेन्सन काउण्टर विस्तार

काठमाडौँ - लक्ष्मी बैंक लिमिटेडले आफ्नो १०औं एक्स्टेन्सन काउण्टर विस्तार गरेको छ । बैंकले १०औ काउण्टर नयाँबानेश्वरस्थित नागरिक लगानी कोषमा स्थापना गरेको छ ।

यसको साथ बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको जनाएको छ ।

बैंकको देशभरका ५० जिल्लामा १ सय ३८ वटा शाखा, १० एक्सटेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउण्टर, १ सय ७१ एटिएम सेवा, २ हजार ५ सय भन्दा बढी रेमिटेन्स एजेन्ट र ६३वटा शाखारहित बैंकिङ एजेन्टहरु पुगेको बैंकले जनाएको छ ।