विद्यालय समयमा शिक्षकहरू अतिरिक्त क्रियाकलापमा नलाग्नुस् : शिक्षामन्त्री
काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालय समयमा अतिरिक्त क्रियाकलाप नगर्न शिक्षकहरूलाई आग्रह गरेका छन् । बागलुङ नगरपालिका–१४ मा रहेको गणेश माध्यमिक विद्यालयको ४१औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै शिक्षामन्त्री पौडेलले शिक्षकहरूको काम पढाउने भएकाले विद्यालय समयमा अन्य क्रियाकलापमा नलाग्न आग्रह गरेका हुन् ।
‘शिक्षकको काम पढाउने हो, विद्यार्थीको काम पढ्ने हो,’ उनले भने, ‘अभिवाकको सहयोग, शिक्षकको लगनशीलता र विद्याथीहरूको सक्रियता भयो भने सार्वजनिक शिक्षा सुधार हुन्छ ।’ उनले शिक्षामन्त्रालयको कार्यभार सम्हालेपछि विद्यालयमा शिक्षकहरूको अभावको कुरालाई मध्यनजर गर्दै शिक्षा नियमावलीको ११ औं सशोधन मन्त्रिपरिषद्बाट स्वीकृत गराएर विज्ञापन खुलेको जानकारी दिए ।
विद्यार्थीलाई किताबी ज्ञानले मात्र नहुने भन्दै शिक्षकहरूलाई अहिलेको प्रविधिसँग अपडेट हुन आग्रह गरे । राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रमलाई थप व्यवस्थित गर्दै तीन वर्षभित्र देशभर विद्यालयका भवन बनाउने लक्ष्य मन्त्रालयको भएको बताउँदै प्राविधिक शिक्षामा मन्त्रालयको जोड रहेको पनि उल्लेख गरे । ‘आज नेपालको सार्वजनिक शिक्षा राम्रो छैन भन्ने कुरा बाहिर आएको छ,’ उनले भने, ‘सार्वजनिक शिक्षा सुधार गर्न मन्त्रालय प्रतिबद्धछ ।’ ५ वर्षदेखि रोकिराखेको शिक्षकहरूको आन्तरिक बढुवाको कामको थलानी भएको बताउँदै ३ हजार ३ सयभन्दा बढि शिक्षकहरूको बढुवा हुने बताए ।

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

प्रतिक्रिया