धनुषामा चिसोले एक महिलाको मृत्यु

जनकपुरधाम - गत केही दिनदेखि अत्यधिक बढेको जाडोले धनुषा जिल्लामा एक महिलाको मृत्यु भएको छ । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ५ निवासी विष्णुदेव यादवको श्रीमती वर्ष ६० की समुद्रीदेवी यादवको जाडोले मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव वनरैत यादवले जनाएको छ ।
उनका अनुसार सोमवार बेलूकी चिसो लागेपछि केही बेर थरथराउंदै कांपेर लडेका थिए । तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएपनि उपचारकै क्रममा गएराति मृत्यु हो ।
यसैबीच चिसोका कारणले धनुषाका ४ वटा स्थानीय तहले विद्यालय बन्द गरेका छन । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी र लक्ष्मिनीयाँ गाउँपालिकाले चिसोका कारणले विद्यालयमा बिदा गर्ने निर्णय गरेको छ ।
नगराईन र क्षिरेश्वरनाथ नगरपालिकाले ५ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने लक्ष्मिनिया र मुखियापट्टी मुसहरनिया गाउँपालिकाले अनिश्चितकालिन विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बुवा र छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

प्रतिक्रिया