लमजुङमा आठ हजार बढीको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन

लमजुङ - लमजुङमा आठ हजार २ सय ६९ जनाले राष्ट्रिय परिचयपत्रका लागि व्यक्तिगत विवरण दर्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालयबाट २०७७ साउन ३१ गतेदेखि राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु गरिएको हो । ४ हजार ७ सय २८ पुरुष र ३ हजार ५ सय ४१ जना महिलाले राष्ट्रिय परिचयपत्र बनाएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जगदीश मिश्रले बताए ।
चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि हालसम्म २ हजार ८ सय ८९ जनाले जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् जसमध्ये १ हजार ७ सय २९ जना पुरुष र १ हजार १ सय ६० जना महिला रहेका छन् । सूचना अधिकारी मिश्रका अनुसार गत आर्थिक वर्षमा पाँच हजार ३ सय ८० जनाले राष्ट्रिय परिचयपत्र बनाएका थिए । जसमध्ये २ हजार ३ सय ८१ महिला र २ हजार ९ सय ९९ पुरुष रहेका छन् ।
चार/चार महिनामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने भनिएता पनि हालसम्म सबै नागरिकले परिचयपत्र प्राप्त गर्न नसकेको मिश्रको भनाई छ । लमजुङमा डेढ वर्ष अघि गण्डकी प्रदेशसभा सदस्य मायानाथ अधिकारीले राष्ट्रिय परिचयपत्र बनाउँदै अभियानको सुरुवात गरिएको हो । सोही समयदेखि राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराएका नागरिकहरूले अहिलेसम्म पनि राष्ट्रिय परिचयपत्र पाएका छैनन् ।
१६ वर्ष उमेर पुगेका सबै नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन पाउनेछन् । परिचयपत्रमा व्यक्तिगत र जैविक (बायोमेट्रिक) गरी दुई विवरण ‘इन्ट्री’ गरिनेछ । नेपाल सरकारले राष्ट्रिय परिचयपत्रका लागि नेपाली नागरिकता अनिवार्य चाहिने र राहदानी निकाल्नको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बुवा र छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

प्रतिक्रिया