बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

राप्रपाका दुई नेताले दर्ता गराए राष्ट्रियसभा सदस्यमा उम्मेदवारी

विराटनगर -  प्रदेश १ बाट राप्रपाले पनि राष्ट्रिय सभा सदस्यमा दुई जनाले उम्मेदवारी दर्ता गरेका छन् । अम्बरबहादुर विष्टले अन्य र रन्जु प्याकुरेलले महिलातर्फ उम्मेदवारी दर्ता गरेका हुन् । 

प्रदेश १ मा निर्वाचन हुने राष्ट्रिय सभाका तीन सदस्य पदमा एमालेले एकल उम्मेद्बारी दिएको छ । त्यसैगरी सत्ता गठबन्धनका तर्फबाट तीन जनाले मनोनयन दर्ता गरेका हुन् । तीन पदमा जम्मा आठ जनाको उम्मेदवारी  दर्ता भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।