पहिलो मिडिया अवार्डमा भैरव रिसाल, नीर शाह र किशोर नेपाललाई सम्मान
नेपाल मिडिया अवार्डको मनोनयन सार्वजनिक
काठमाडौं : ड्रिम हाइ नेपालले यही पुस २४ गते काठमाडौँको सोल्टी होटलमा आयोजना गर्ने एलआईसी नेपाल मिडिया अवार्ड २०७८ को मनोनयन सार्वजनिक गरेको छ । कूल २० विधामा प्रदान गरिने अवार्डमा १९ विधामा उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको अवार्डको आयोजक संस्था ड्रिम हाई नेपालका निर्देशक कमल जिसीले जानकारी दिएका छन् ।
“नेपालको मिडिया उद्योग र सञ्चार क्षेत्रको योगदानको कदर तथा सम्मान गर्न अवार्ड कार्यक्रम गर्न लागेका हौँ”, जिसीले भने । नेपाल मिडिया अवार्ड २०७८ मा सञ्चार क्षेत्रमा आफ्नो जीवन अर्पेका व्यक्तित्वलाई लाइफटाइम एचिभमेन्ट अवार्ड (दीर्घ साधना सम्मान) बाट सम्मान गरिने जिसीले जानकारी दिए ।
उनका अनुसार पहिलो पटक आयोजना हुन लागेको मिडिया अवार्डमा वरिष्ठ टेलिभिजनकर्मी नीर शाह तथा वरिष्ठ पत्रकारहरू भैरव रिसाल र किशोर नेपाललाई दीर्घ साधना सम्मान प्रदान गरिनेछ । टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चार माध्यमहरूमा कार्यरत सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको आयोजक संस्थाले जनाएको छ । मनोनयनमा परेका विधा र उत्कृष्ट ५ को नामावली यसप्रकार रहेको छ ।

पचपन्न वर्षको उमेरमा नागरिकता

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जिल्ला कारागारमा चाप बढेपछि कैदी स्थानान्तरण

माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

भिडियोमा देखियो चड्कन, भीडमा हरायो आत्मसम्मान

पाथिभरा मन्दिरमा एक महिनामै ६० लाख ९० हजार भेटी संकलन

प्रतिक्रिया