प्रदेश १ मा सत्ता गठबन्धनका उम्मेदवारद्वारा मनोनयन दर्ता

विराटनगर - प्रदेश १ मा सत्ता गठबन्धनका तीन उम्मेदवारले राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् । गठबन्धन अन्तरर्गत जनता समाजवादीका हेमराज राई थुलुङले अल्पसंख्यक/अपांगतर्फ, कांग्रेसको भागमा परेको अन्यतर्फ झापाका गोपाल बस्नेत र नेकपा (एकीकृत समाजवादी) को भागमा परेको महिला कोटातर्फ भोजपुरकी जयन्ती राईले उम्मेदवारी दर्ता गरेका हुन् ।
निर्वाचन आयोगले राष्ट्रिय सभाका सदस्यका लागि उम्मेदवारी दर्ताको समय आज १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेको छ । माघ १२ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ ।
प्रदेश १ मा नेकपा एमालेका तर्फबाट केहिबेर अघिमात्रै अन्यतर्फ मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा सुवेदी भण्डारी र अल्पसंख्यक/अपांगतर्फ सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रकाशमान सिंहको पहलपछि बबरमहल र मिनभवनमा लिफ्टसहितको आकाशेपुल बन्दै

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः …
एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

प्रतिक्रिया