रनवीर र अनिल कपुरसँग काम गर्न डराएकी थिइन् परिनीति

मुम्बई - ‘लेडिस भर्सेज रिक्की बहल’बाट १० वर्षअघि बलिउडमा डेब्यु गरेकी परिनीति चोपडाले ‘इशकजादे’बाट सफलताको स्वाद चाखेकी थिइन् । यही वर्ष मात्र उनको बलिउडमा १० वर्ष पूरा भएको छ । परिनीति अभिनीत फिल्मले सोचे झैँ सफलता नपाए पनि उनले खाली बस्नु भने परेको छैन ।
फ्लपका फ्लप दिँदा पनि आउँदा साल उनका ठूलो ब्यानरका थुप्रै फिल्म रिलिज हुँदैछन् । त्योमध्येको एक हो ‘एनिमल’ । तमिल फिल्म ‘अर्जुन रेड्डी’ निर्देशक सन्दीप भांगा रेड्डीको निर्देशनमा बनेको यो फिल्म गर्दा भने आफूलाई डर लागेको परिनीतिले बताएकी छिन् । उनले यसको कारण भने दिग्गज कलाकारसँग काम गर्नुलाई बताएकी थिइन् ।
‘पहिलो चोटि यो फिल्ममा काम गर्दा डर लागेको थियो किनकि यसमा अभिनयमा एकदमै कहलिएका कलाकार हुनुहुन्थ्यो,’ परिनीतिले भनेकी छिन् । यो फिल्ममा परिनीतिले रनवीर कपुर, अनिल कपुर र बबी देवलसँग काम गरेकी छिन् ।
गत साल उनको अभिनय रहेका तीन फिल्म रिलिज भएका थिए तर तीनै फिल्म बक्स अफिसमा असफल साबित भएका थिए । यो साल भने परिनीतिका ‘एनिमल’सँगै सुरज बडजात्या निर्देशित ‘उँचाइ’ पनि रिलिज हुने छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया