सुत्केरीलाई नगरपालिकाद्वारा कुखुरा र घिउ वितरण
कपिलवस्तु : ‘सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खुवाउनुपर्छ’ भन्ने सन्देश दिन कपिलवस्तुमा कुखुराको भाले र घिउ उपहार प्रदान गरिएको छ । बाणगंगा नगरपालिका वडा नं. १ ले वडाभित्रका सुत्केरीलाई पौष्टिक आहार सहयोग गरेको हो ।
स्वास्थ्य संस्थामा प्रसूति गराउने ५५ आमाहरुलाई उपहार प्रदान गरिएको छ । वडा अध्यक्ष तथा नगर प्रवक्ता विष्णु पौडेलले लोकल कुखुराको भाले र एक केजी घिउ उपहार स्वरुप प्रदान गरेका थिए । सुत्केरी अवस्थामा पोसिलो खानेकुरा खुवाउन पर्छ भन्ने सन्देश फौलियोस् भन्ने उद्धेश्यको लागि कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पौडेलले बताए ।
यस आर्थिक वर्षमा वडा भित्रका सुत्केरीलाई लक्षित गर्दै गरिएको कार्यक्रमले घरमा सुत्केरी गराउने प्रचलन समेत अन्त्य भएको बताइएको छ । विपन्न समूहका घर परिवारमा सुत्केरी अवस्थामा स्याहारसुसार कम हुने, बालबालिकाको भविष्य र आमाको स्वास्थ्य प्रति गरिने खर्च नभई लगानीको रुपमा लिने गरिएको यस्तो व्यवस्था गरिएको वडा सचिव नरेन्द्र पोख्रेलले बताए । न्युजकारखाना
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बुवा र छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

प्रतिक्रिया