भोटेकोसी लार्चादेखि दुगुनागढीसम्म सेनाको पदयात्रा
काठमाडौँ - नेपाली सेनाको गोरखबक्स गणद्वारा आयोजित ‘दुगुनागढी एकीकरण मार्ग पदयात्रा-२०७८’ सम्पन्न भएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ स्थित लार्चादेखि ऐतिहासिक दुगुनागढीसम्म करिब ७.५ किलोमिटर क्षेत्रमा उक्त पदयात्रा भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाल एकीकरण तथा नेपाल–तिब्बत युद्धको दौरान नेपाली फौजले प्रयोग गरेको मार्गमा भएको उक्त पदयात्रा पूर्वी कमान्डका सेनापति उपरथी सन्तोषकुमार ढकालको प्रमुख आतिथ्यमा भएको हो ।
पदयात्रामा सेनाको २६ वाहिनीपति, भोटेकोसी गाउँपालिकाका प्रमुख, जनप्रतिनिधि, श्री गोरख बक्स गणका अधिकृत, पदिक तथा अन्य दर्जा, स्थानीय आमा समूह, स्थानीय क्लबका सदस्य तथा अन्य सुरक्षा निकायका फौजको सहभागिता थियो ।
पदयात्रा टोलीलाई स्थानीय क्लब, झिर्पु प्राथमिक विद्यालय र आमा समूहले विभिन्न स्थानमा स्वागतका साथै दुगुनागढीमा स्थानीय शेर्पा समुदायले पनि शेर्पा रीतिरिवाजअनुसार स्वागत अभिवादन गरेको सेनाले जानकारी दिएको छ ।
सो अवसरमा उपरथी ढकालले दुगुनागढीस्थित नेपाली सेनाको कमान्ड पोष्टमा राष्ट्रिय झण्डा झन्डोत्तोलनसमेत गर्नुभएको थियो । सेनाको पहलमा नेपाल एकीकरणको समयमा प्रयोग भएका एकीकरण मार्ग÷बाटो तथा कोटको पहिचान, संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न तथा सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यले पदयात्रा गरिँदै आएको छ । रासस

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया