शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

१६ जनाबीच कुटपिट : एक जनाको मृत्यु, १५ पक्राउ

फाइल फोटो

नवलपरासी पश्चिम - बर्दघाट नगरपालिका–२ आम्बास बस्ने २१ वर्षीय तुल बहादुर घर्तीसहित करिब १६ जना व्यक्तिहरुबिच आपसी झै–झगडा तथा कुटपिट हुँदा सोही नगरपालिका सुखौरा बस्ने २५ वर्षीय विशाल भन्ने सूर्य बहादुर थापाको मृत्यु भएको छ । 

उनीहरूबीच शुक्रबार साँझ भएको झगडा तथा कुटपिटमा टाउकोमा चोट लागि गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न १५ जनालाई आवश्यक सोधपुछ तथा अनुसन्धानको लागि नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।