अवैध लागुऔषधसहित ३ जना पक्राउ

काठमाडौं - रुपन्देही, देबदह नगरपालिका–२ ढेकार श्रीचोकबाट ७ ग्राम ५ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ओमसतिया गाउँपालिका-६ बस्ने ३७ वर्षीय वर्मानन्ध धरिकार र भारत महाराजगंज सुनौली बस्ने ३८ वर्षीय अर्जुन साहानी रहेका छन् ।
लु ५५ प २२०५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बुटवल र प्रहरी चौकी खैरेनीबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा लुकाई ल्याउँदै गरेको उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, शिवसताक्षी नगरपालिका-११ दुधे बस्ने २५ वर्षीय ज्याकप लिम्बुलाई ९ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र नगद १० हजार रुपैयाँ सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै घरमा लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा कोठामा लुकाई राखेको उक्त लागूऔषध सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बुवा र छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

प्रतिक्रिया