धनुषामा ट्रकमा आगजनी, तीन जना पक्राउ
जनकपुरधाम - सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले धनुषामा एक ट्रकमा आगजनी गरेका छन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको गणेशमान चारनाथ नगरपालिका १ छघरियामा ना १ क ७७६९ नम्बरको ट्रकमा जनमतका कार्यकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ ।
सोमवार दिउँसो करिब साढे ३ बजे पश्चिमबाट पूर्वतर्फ आइरहेको उक्त ट्रकमा किसान आन्दोलनको क्रममा आन्दोलनकारीले आगो लगाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
आगजनीबाट ट्रक पुर्ण रूपमा क्षतिग्रस्त बनेको छ । आगजनी गरेको आरोपमा प्रहरीले जनमतका जिल्लाध्यक्ष सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, कार्यकर्ताद्वय चन्दन कुमार साह र नविन पण्डित रहेको धनुषाका प्रहरी प्रवक्ता एवम डिएसपी जीतेन्द्र कुमार बस्नेतले जनाएको छ ।
तीनै जनालाई ट्रकमा आगो लगाएको आरोपमा पक्राउ गरिएको हो र घटनाको थप अनुसन्धान भइरहेको उनले जनाएको छ ।
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बुवा र छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

प्रतिक्रिया