ओमिक्रोन: डेल्टाको तुलनामा धेरै ट्रान्समिसिबल तर कम गम्भीर

लण्डन - कोराना भाइरसको ओमिक्रोन भेरियन्ट बारे जनचेतना दिने उदेश्यले गैरआवासीय नेपाली संघले स्वास्थ्य सम्बन्धी सामग्री प्रकाशन गरेको छ । संघको स्वास्थ्य समितिका अनुसार एनआरएनए स्वास्थ्य विशेषज्ञहरूले ओमिक्रोन भेरियन्ट र कोरोना भाइरस सम्बन्धी प्रश्नहरु र ती सम्बन्धी विषयमा जवाफ तयार गरेका छन् ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार समितिले आमजनताका लागि ओमिक्रोन भेरियन्ट र कोरोना भाइरस सम्बन्धी सामान्य प्रश्नको जवाफ तयार परेर सो सामग्री सोमवार सार्वजनिक गरेको हो । प्रारम्भिक तथ्याङ्कले ओमिक्रोन भेरियन्ट डेल्टा भेरियन्टको तुलनामा धेरै ट्रान्समिसिबल तर कम गम्भीर रहेको देखाएको स्वास्थ्य समितिले जनाएको छ ।
डा. सापकोटाले विश्वभरका नेपालीहरुलाई ओमिक्रोनलाई गम्भीरतापूर्वक लिन आगू गरेका छन् । उनले भाइरस लाग्न नदिन सबै रोकथामका उपायहरू जारी राख्नु पर्ने बताए । संघद्धारा प्रकाशित स्वास्थ्य जनचेतना सामग्रीमा ओमिक्रोनको प्रभाव, बच्ने उपाए, बुस्टर डोज लगायतको बारेमा जानकारी लिइएको छ ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया