इन्जिनियर अभावले विकास निर्माणको कामले गति लिएन : यातायात मन्त्री यादव

काठमाडाैँ - भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले मन्त्रालयको काममा खट्ने इन्जिनियरहरूको अभावको कारण विकास निर्माणको काममा तीव्रता दिन नसकिएकाे बताएकी छन् ।
सोमबार भएको प्रतिनिधि सभा अन्तर्गतकाे अर्थ समितिको बैंठकमा बोल्दै मन्त्री यादवले मन्त्रालयमा काममा खट्ने इन्जिनियरहरूको अभावको कारण विकास निर्माणको काम तीव्र गतिमा अगाडि बढ्न नसकेको बताइन् ।
मन्त्री यादवले पूर्वाधार निर्माणको काममा खट्ने इन्जिनियहरूको अभाव भएको र भएका इन्जिनियरहरू पनि पढाइलगायत विभिन्न बिदा लिएर काठमाडौंमा बस्न थालेकाले अझ बढी समस्या भएको जानकारी दिइन् ।
उनले यसरी विकास निर्माणको काममा खट्नु पर्ने इन्जिनियहरू अत्यावश्यक बाहेक बिदामा नबसी तत्काल काम गर्न आग्रह समेत गरिन् । पढाइको लागि छुट्टिमा मन्त्रालय तथा मन्त्रालय मातहतका ८० भन्दा बढी इन्जिनियरहरू बिदामा रहेको उनले बताइन् ।
मन्त्री यादवले भनिन्यो,‘पछिल्लो समय मन्त्रालयमा कर्मचारी अभावको रहेको छ । कर्मचारी अभावको कारण विकास निर्माणका योजनाहरू अगाडि बढ्न सकेको छैन । योजनाहरू अगाडि बढ्न नसक्दा पुँजीगत खर्च बढ्न सकेको छैन । त्यस्तै पछिल्लो समय पूर्वाधार निर्माणका लागि फिल्डमा खटिनुपर्ने इन्जिनियरहरू बिदामा बसेका छन्। त्यसले पनि १० जनाले गर्ने काम एक जनाले गर्नु पर्ने परिस्थिति रहेको छ । यस्तो अवस्था रहेकाले अत्यावश्यकबाहेक बिदामा बस्ने कर्मचारीहरूलाई तत्काल काममा फर्किन आग्रह गर्दछु। अहिले यसरी बिदामा बस्ने मन्त्रालय र मातहत निकायका मात्रै ८० भन्दा बढी इन्जिनियरहरू रहेका छन्। त्यस्तै मन्त्रालयमा कर्मचारी अभाव भएको बेलामा पढाइ बिदा लिएर काठमाडौंमा बसिरहँदा निर्माणको काममा बाधा पुग्ने गरेको छ । यसरी अहिले ८० जनाभन्दा बढी इन्जिनियरहरू बिदा लिएर काठमाडौंमा बसेका छन्। इन्जिनियरहरूलाई काठमाडौंमा बसेर काम छैन । फिल्डमा जनशक्ति अभाव छ।’

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया