चुनावसम्ममा १५ लाखलाई पार्टी प्रवेश गराउछौँ : महामन्त्री थापा
अर्घाखाँची - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी प्रतिनिधि सधाको निर्वाचनसम्ममा १५ लाखलाई पार्टी प्रवेश गराउने घोषणा गरेका छन् । कांग्रेस पाणिनी गाउँ समितिले सोमबार दुर्गाफाँटमा आयोजना गरेको आमसभामा थापाले १५ लाखलाई पार्टी प्रवेश गराउने क्रम अर्घाखाँचीबाटै सुरु भएको बताए ।
‘आज मात्र पाँच सयजना कांग्रेस पार्टीमा प्रवेश गर्नुभएको छ,’ नेता थापाले भने, ‘अब १४ लाख ९९ हजार पाँच सय जनालाई पार्टी प्रवेश गराउँनुछ । त्यो पनि ७–८ महिनामा ।’
नेता थापाले प्रत्येक क्रियाशील सदस्यले कम्तीमा एक जना नयाँ व्यक्तिलाई पार्टी प्रवेश गराउन सके यो लक्ष्य सजिलै पूरा हुने बताए । कार्यक्रममा फर्कनासाथ यो अभियानमा जोडिन नेता तथा कार्यकर्तालाई अनुरोधसमेत गरेका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया