झाक्रीको सचिवालयले भन्यो- सलामी सम्मानको एक प्रक्रिया हो, आलोचनाको विषय होइन

काठमाडौँ - शहरी विकास मन्त्री राम कुमारी झाक्रीको सचिवालयले सलामी लिनु आलोचनाको विषय नभएको प्रतिक्रिया दिएको छ । कानुनअनुसार राज्यको एउटा अगंले विशिष्ट व्यक्तिलाई आफ्नो कार्यालय परिसरभित्र दिने सम्मानको सामान्य प्रक्रिया भएकाले सलामी लिनु आलोचनाको विषय नभएको सचिवालयले जनाएको हो ।
झाक्रीको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रहरी कार्यालयले आफ्नो परिसरभित्र आएका विशिष्ट व्यक्तिहरुलाई सम्मान दिनु आफ्नो कर्तव्य ठान्ने भएकाले सलामी सामान्य भएको प्रतिक्रिया दिएको छ ।
'यो सलामीको तस्बिरले हामीलाई सामाजिक सन्जालमा आलोचना हुन्छ भन्ने पनि थाहा थियो । तर यो कुनै आलोचना विषय भने हैन', सचिवालयले भनेको छ ।
पाँच दिनदेखि मन्त्री झाक्री गृह जिल्ला गुल्मीकाे विभिन्न कार्यक्रममा सहभागी भइरहेकी छिन् । सोही अन्तर्गत मदाने गाउँपालिकाको पुर्कोटदहमा रहेको इलाका प्रहरी कार्यलयको अनुगमनको क्रममा मन्त्री झाक्रीले सलामी लिएकी थिइन् । उक्त तस्बिर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा झाक्रीको आलोचना भइरहेको छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया