सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

काठमाडाैँ- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिए । बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन दलले चुनावी तालमेल गर्ने आपसी सहमति गरेका छन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न निर्वाचन आयोगले यही पुस २० गतेको समय निर्धारण गरेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया