यी हुन् माओवादी केन्द्रीय समितिमा अटाएका १२ दम्पती

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा १२ दम्पती निर्वाचित भएका छन् । खुला र विभिन्न कलस्टरबाट उनीहरू केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
हितमान शाक्य खुल्लाबाट केन्द्रीय सदस्य बन्दा अमृता थापा जनजाति महिलाबाट पहिलो नम्बरमा केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । गणेशमान पुन खुल्लाबाट गणेशमान केन्द्रीय सदस्य बन्दा कमला रोका जनजाति महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।
पूर्वमन्त्री वर्षमान पुन खुल्लातर्फबाट केन्द्रीय समिति सदस्य बनेका छन्ब भने ओनसरी घर्ती जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेकी छन् । कुलप्रसाद केसी र ताराकुमारी घर्ती दुवै जना केन्द्रीय समितिमा अटाएका छन्। केसी खुल्लाबाट केन्द्रीय सदस्य भने भने तारा जनजाति महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।
कृष्णध्वज खड्का र रेखा शर्मा पनि केन्द्रीय समिति सदस्य बनेका छन् । खड्का र शर्मा दुवै जना खुल्लातर्फबाट केन्द्रीय समितिमा निर्वाचित भएका हुन् । पूर्वमन्त्री शक्ति बस्नेत र उनकी श्रीमती सत्य पहाडी केन्द्रीय समितिमा निर्वाचित भएका छन् । बस्नेत खुल्लातर्फबाट केन्द्रीय समितिमा आउँदा सत्या पहाडी खस आर्य महिलाबाट केन्द्रीय समितिमा समेटिएका छन्।
देवेन्द्र पौडेल र बलावती शर्मा पनि केन्द्रीय समितिमा निर्वाचित भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका पौडेल खुल्लाबाट केन्द्रीय सदस्य बन्दा बलावती खसआर्य महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्। देव गुरुङ केन्द्रीय समितिमा निर्वाचित हुँदा यशोदा गुरुङ सुवेदी पनि खुल्लाबाट समेटिएकी हुन्
दिलीप प्रजापति र प्रतिमा श्रेष्ठ पनि केन्द्रीय समितिमा अटाएका छन् । नेता लीलामणि पोखरेल र भूमि सुधारमन्त्रीसमेत रहेकी शशी श्रेष्ठ दुवै जना केन्द्रीय समितिमा अटाएका छन् । पोखरेल खुल्लातर्फबाट र श्रेष्ठ जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेकी हुन् । देवेन्द्र पराजुली र कल्पना धमला पनि केन्द्रीय समितिमा अटाएका छन् । पराजुली खसआर्यका तर्फबाट र धमला खसआर्य महिलाबाट केन्द्रीय समितिमा अटाएका हुन् । यस्तै सूर्य सुवेदी र ज्ञानु बस्नेत दम्पती पनि केन्द्रीय सदस्य बनेका छन् ।
यो पनि
एक घरमा दुई पार्टीका केन्द्रीय सदस्य : श्रीमान् एमालेको, श्रीमती माओवादीको

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया