माओवादीमा तनहुँका पाँच जना केन्द्रीय सदस्य

तनहुँ - नेकपा माओवादीको ८ औं महाधिवेशनबाट तनहुँका पाँच जना केन्द्रीय सदस्य चयन भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार घोषणा गरेको केन्द्रीय सदस्यहरुको सूचीमा तनहुँका पाँच जना नेता परेका छन् । प्रचण्डले बन्दसत्रमा पेस गरेको सूची पारित भएको छ ।
पाँच जना केन्द्रीय सदस्य हुँदा एक जना मात्रै नयाँ अनुहार अटेको छ । तनहुँबाट खुलातर्फ हरिबहादुर चुमान, सुरेशकुमार आले मगर र श्रीराम ढकाल केन्द्रीय सदस्य हुन सफल भए ।
आशा कोइराला खस आर्य महिलातर्फ र ओमकुमारी पौडेल खस आर्य युवा महिला कोटाबाट केन्द्रीय सदस्य भएका हुन् । ओमकुमारी पहिलो पटक केन्द्रीय सदस्यमा अटाएकी हुन् । उनी यसअगाडी गण्डकी प्रदेश कमिटी सदस्य थिइन् ।
कोइराला र चुमान गण्डकी प्रदेशसभा सदस्य हुन् । आले आदीवासी जनजाती महासंघका केन्द्रिय इञ्चार्ज र ढकाल पार्टी कार्यालयको मुख्य सचिव रहेका छन् ।प्रचण्डले समानुपातिकमा १२५ र खुलामा १११ गरेर २३६ जना केन्द्रीय सदस्यको घोषणा गरेपछि पारित भएको थियो । ६३ जना सदस्य पछि मनोनित गर्ने जनाइएको छ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया