शाहरुखको यो फिल्मको रिमेकमा काम गर्न चाहान्छिन् सारा

मुम्बई - ‘अतरंगी रे’बाट सारा अली खानले कहिलै नपाएको चर्चा पाएकी छिन् । धनुष र अक्षयकुमार जस्ता दिग्गज अभिनेताको बीचमा पनि सारा अली खानले आफूलाई प्रमाणित गरेको भन्दै उनको प्रशंसा भइरहेको छ । ‘केदारनाथ’ र ‘सिम्बा’ हिट भए पनि ‘कुली नं वन’ र ‘लभ आजकल २’ फ्लप भएपछि सारालाई धक्का लागेको थियो । तर ‘अतरंगी रे’ले उनलाई धेरथोर राहत दिएको छ ।
‘कुली नं वन’मा करिष्मा कपुरले निर्वाह गरेको भूमिका निर्वाह गरेकी सारालाई हालसालै अर्को कुन फिल्मको रिमेकमा काम गर्न मन छ भनेर सोधिएको थियो । जवाफमा साराले शाहरुख खानको फिल्मको नाम लिएकी छिन् ।
साराले आफूलाई शाहरुख, काजोल र रानी मुखर्जीको अभिनय रहेको ‘कुछ कुछ होता है’मा काम गर्न मन भएको बताएकी छिन् । साराले यसका लागि आफू मात्र होइन बाँकी कलाकार पनि को को भए राम्रो हुने बताएकी छिन् । साराले शाहरुखको भूमिकामा विजय देवकोरान्डा र रानी मुखर्जीले गरेको भूमिकाका लागि जान्हवी कपुर लिएर फिल्म बनाए गज्जब हुने पनि उनको धारणा थियो । साराले पहिलेदेखि नै आफू विजय देवकोरान्डाको फ्यान रहेको बताउँदै आएकी छिन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया