शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

एमसीसी संसदमै लैजान नै दिनु हुँदैन : सीपी गजुरेल

फाइल तस्‍बिर

काठमाडाैँ - देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसी संसदमा पुगेपछि पारित हुने सम्भावना रहेकाले संसदमै लैजान दिन नहुने बताएका छन्। 

आइतबार माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा अध्यक्ष गजुरेलले एमसीसी संसदमै लैजान दिन नहुने बताएका छन् । उनले अमेरिकाले एमसीसी सम्झौतामार्फत् दिने भनिएको रकम भन्दाबढी रकम एनसीएलको कर उठाउँदा जम्मा हुने भन्दै रकमभन्दा पनि परिणाम घातक रहेको उल्लेख गरे । अध्यक्ष गजुरेलले अमेरिका नेपालमा आइसकेपछि पछि नहट्ने र रणनीतिक महत्वका ठाउँहरुमा आफ्नो अखडा खडा गर्ने भएकोले एमसीसी पास गर्न नहुने बताए।

अध्यक्ष गजुरेलले भने, ‘एनसेलसँग बाँकी रहेको कर उठायो भने त्यसको डेढि रकम त त्यहीँ हुँदो रहेछ । ७५ अर्ब बाँकी छ भनेर चर्चा भइरहेको छ । त्यो रकम ठूलो होइन, तर त्यसको परिणाम कति घातक छ ? किनभने यहाँ एमसीसीको बहानामा अमेरिका नेपाल भित्र पसिसकेपछि यहाँबाट पछि हट्ने छैन । उसले रणनीतिक महत्वका ठाउँहरुमा आफ्नो अखडा खडा गर्नेछ । र चीनसँग आवश्यक्ता पर्दा हिँड्ने तयारी गर्दैछ । मान्छेहरुले यो पनि भन्ने गर्छन्, चीनको लागि तिमीहरुले अमेरिकाको विरोध गरेको ? त्यो कुरा होइन, चीनले आफ्नो ढंगले समाधान गर्ला, चीन पनि एउटा शक्ति राष्ट्र हो । उसले अमेरिकासँग कसरी लड्ने भन्ने योजना बनाइसकेको छ । एमसीसी खारेजीको अभियान नेपालकै लागि चलाइएको हो । हामीले यसलाई संसदमा एजेण्डाको रुपमा लैजान दिनु हुँदैन । लग्ने र टेबुल गर्ने बित्तिकै पारित हुनेवाला छ ।’

अध्यक्ष गजुरेलले चीनसँग लड्नका लागि अमेरिकाले नेपाललाई अखडा बनाउन एमसीसी सम्झौंताका लागि दबाब दिएकाले आफूहरुले विरोध गर्नु परेको तर्क समेत गरे।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता