‘आरआरआर’ सरे पनि प्रभासको ‘राधेश्याम’ नसर्ने

मुम्बई - नसर्ने जिद्दी गरेर बसेको ‘आरआरआर’ले पनि अन्तिम समयमा हिम्मत हारेपछि फिल्म रिलिजको क्यालेन्डर फेरि तहसनहस भएको छ । ‘आरआरआर’ सरेसँगै यसको अर्को हप्ता रिलिज हुने तरखरमा रहेको ‘राधेश्याम’ पनि शंकाको घेरामा रहेको छ ।
प्रभास र पूजा हेगडेको मुख्य भूमिका रहेको यो तेलगु फिल्म पनि सर्छ कि भन्ने अनुमान चलिरहेका बेला निर्माता युभी क्रिएसन्सले भने फिल्म पूर्व निर्धारित मितिमा नै आउने घोषणा गरेको छ । फिल्म सर्छ भन्ने हल्ला चिर्न निर्माताले आइतबार नयाँ पोस्टर जारी गरेका छन् जसमा प्रदर्शन मिति जनवरी १४ नै राखिएको छ ।
निर्माताले योसँगै हल्लाको पछि नलाग्न र जनवरी १४ मा फिल्म हेर्न आउन आग्रह पनि गरेका छन् ।
प्रभास र पूजा हेगडेको प्रेमकथामा आधारित यो फिल्मको ट्रेलरले कीर्तिमानी दर्शक पाएको थियो । ट्रेलरपछि दर्शकले यसलाई हलिउड फिल्म ‘टाइटानिक’सँग तुलना गरेका छन् । फिल्ममा प्रभासले हात हेरेर भविष्यवाणी गर्ने पाल्मिस्टको भूमिका निर्वाह गरेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया