नागरिकको मानवअधिकार रक्षाका लागि सरकार प्रतिबद्ध

काठमाडाैँ - संसदीय मामिला तथा कानुन मन्त्रालयले पहिलोपटक मानव अधिकार पुरस्कार वितरण गरेको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच मन्त्रालयले व्यक्तितर्फ शुद्धोधन गाउँपालिका–६ कपिलवस्तुका अधिवक्ता शैलेन्द्र प्रसाद हरिजन र संस्थातर्फ काठमाडौंको शक्ति समूहलाई मानव अधिकार पुरस्कार प्रदान गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एक लाख ११ हजार एक सय ११ रुपैयाँ र प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा प्रधानमन्त्री देउवाले मानवअधिकार सम्बन्धी अन्तराष्ट्रिय सम्झौता अनुसार नेपालले आफ्नो आन्तरिक कानुनमा सुधार र समायोजन गर्दै लगेको बताए ।
मानवअधिकार प्रतिको नेपालको प्रतिबद्धताका कारण अन्तराष्ट्रिय मञ्चमा पनि नेपालप्रति विश्वास बढेको उनले बताए। उनले मुलुकको सबै नागरिकको मानवअधिकारको रक्षाका लागि सरकार प्रतिबद्ध रहेको धारणा राखे ।
मानव अधिकार पुरस्कार वितरण कार्यविधि २०७८ मा लेखिएअनुसार मानव अधिकारको संरक्षण र संवर्द्धनको क्षेत्रमा योगदान पुर्याएको एक व्यक्ति र एक संस्थालाई हरेक वर्ष मानव अधिकार पुरस्कारबाट सम्मान गरिन्छ । पुरस्कारको घोषणा हरेक वर्ष डिसेम्बर १० तारिखको दिन गरिन्छ ।

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने निर्णय

अमेरिकाको टेक्सास रहेका नेपालीलाई सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

उद्योगका मुद्दा राष्ट्रका मुद्दा : मन्त्री भण्डारी

प्रधानमन्त्री ओलीबाट रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

'महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डको असन्तुष्टिका बारेमा ध्य…

प्रतिक्रिया