जुवातास खेलिरहेका प्रमुख प्रशासकीय अधिकृतसहित १३ जना पक्राउ

जाजरकोट - जाजरकोटको भेरी नगरपालिका–४ गैरीखालीस्थित एक स्थानीयको घरमा जुवातास खेल्दै गरेका १३ जनालाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएको छ।सन्तोष श्रेष्ठको घरमा अवैध रुपमा जुवातास खेलाइरहेको सूचना पाएपछि जिप्रका खलंगाबाट खटिएको प्रहरी टोलीले आइतबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा भेरी नगरपालिका–५ का ४२ वर्षीया दलबहादुर घर्ती, भेरी–४ को ४६ वर्षीय प्रचण्डजंग शाह, भेरी–८ का २५ वर्षीय जीवन खत्री, भेरी–४ का २७ वर्षीय प्रभात केसी, भेरी–६ बस्ने ३४ वर्षीय शशी बुढा, भेरी–४ बस्ने ३३ वर्षीय सन्तोष श्रेष्ठ, भेरी–४ का २७ वर्षीय २७ नीराजन भडेल, छेडागाड नगरपाललिका– १३ का ४२ वर्षीय कर्णबहादुर खड्का छेडागाड–५ का ३६ वर्षीय प्रकाशमान सिंह, छेडागाड–१० का ३६ वर्षीय प्रशुराम गिरी कुशे गापा–९ का वर्ष ४८ को दिकपाल आरसीजी, रुकुम पश्चिम चौरजहारी नगरपालिका–६ का २० वर्षीय विकाश विक र चौरजहारी नगर–३ मै बस्ने ३० वर्षीय बालकृष्ण बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
प्रहरीले खालबाट दुई लाख ५२ हजार १२० रुपैयाँ र तासका गड्डी र विभिन्न कम्पनीका मोबाइल सेट १३ थान बरामद गरेको छ । उनीहरूलाई थुनामा राख्न म्याद थपका लागि प्रक्रियाअगाडि बढाउन लागिएको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका घर्ती भेरीको प्रमुख प्रशासकीय अधिकृत र शाह वडा ४ को सचिव र बुढा नेपाली कांग्रेस भेरीका सभापति हुन् ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया