सौगात र अनुपको ‘लाखे’ मा रोहित रुम्बा पनि

काठमाडौँ - फिल्म ‘लाखे’ मा अभिनेता रोहित रुम्बाको अभिनय रहेको भएको छ । निर्माण युनिटले फिल्मको कलाकारको रुपमा शनिबार रोहितलाई भित्र्याएको छ । ‘ रोहितले यस अगाडि ‘तोरी लाउरे’, ‘नेप्टे’ लगायतका फिल्ममा अभिनय गरेका छन् ।
रोहितसँगै निर्माण युनिटले कलाकारका रुपमा सन्जय थापा र सन्जोग राणालाई पनि भित्र्याएको छ । यी तीन कलाकार भित्रिएसँगै फिल्मको लागि कलाकार पूरा भएको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिए ।
फिल्मका लागि यस अगाडि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, वर्षा राउत, सुनिल थापा, रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्र बहादुर बिष्ट, सुजन ए.परियार, श्रवण कुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिस्टम भण्डारी छानिएका थिए ।
ग्लोवल मिडिया एन्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् । ठूलो बजेटमा निर्माण हुन लागेको फिल्मको दीलिप पन्त प्रोडक्सन डिजाइनर रहेका छन् । फिल्म २६ पुसबाट छायांकनका लागि फ्लोरमा निस्कने निर्देशक सम्राट बस्नेतले जानकारी दिएका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया