दलितलाई केन्द्रीयमा सात प्रतिशत छुट्याएपछि विरोधमा प्रचण्डलाई ज्ञापनपत्र

काठमाडौं - नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा ऐन र पार्टी विधानविपरीत दलितलाई केन्द्रीय सदस्य दिने भएपछि विरोधमा अध्यक्ष पुष्पकमल दाहाद प्रचण्डलाई ज्ञापनपत्र बुझाइएको छ ।
दलितलाई केन्द्रीय सदस्यमा सात प्रतिशतलाई मात्रै दिएपछि असन्तुष्टि पक्षले अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो ।
निर्वाचन ऐनले १५ र पार्टी विधानले पनि १५ प्रतिशतलाई केन्द्रीय सदस्यल बनाउनुपर्ने व्यवस्थाविपरीत सात प्रतिशत दिने भनिएपछि केन्द्रीय सदस्यहरू परशुराम रम्तेल र दलजित श्रीपाइले १५ प्रतिशत नै सुनिश्चित गर्न माग गर्दै अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् ।
अहिले माओवादी केन्द्रको स्थायी समितिको बैठक बसिरहेको छ । अघिल्लो आइतबारबाट सुरु भएको आठौं महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया