यस्तो थियो विश्वको पहिलो मोबाइल फोन

काठमाडौँ - मोबाइल फोन आज सबैको हात हातमा देखिन्छन्। मोबाइलको माध्यमबाट संसारको जुनसुकै कुनामा रहेका आफ्ना मानिसहरूसँग सजिलै जोडिन सक्छौं । यसले मानिसको जीवनयापनमा निकै सहज बनाएको छ । मोबाइलको आविस्कारसँगै विभिन्न कम्पनीले मोबाइल निर्माण गर्दे बिक्री वितरण गर्दै आइरहेका छन् ।
संसारमा मोबाइल फोन पहिलो पटक करिब ४9 वर्ष पहिला १९७३ मा प्रयोगमा आएको थियो । यसको पहिलो प्रयोग मोटोरोलाको पूर्व उपाध्यक्ष र डिभिजन म्यानेजर मार्टिन कूपरले गरेका थिए । त्यस समय कूपरले न्यूयोर्कको हिल्टन होटलमा संसारको पहिलो मोबाइल फोनबाट कल गरेर विश्वको पहिलो फोनको आविष्कार गरेका थिए । उनले प्रयोग गरेको फोनको नाम मोटोरोला डायना टिएसी थियो । कूपरले डायना टिएसीको प्रयोग गर्दै बेल ल्याब्सको हेड अफ रिसर्चलाई कल गरेका थिए र त्यही बेलादेखि कम्युनिकेशन क्रान्ति शुरूवात भएको मानिन्छ ।
मोटोरोला डायना टिएसीको लम्बाई १० इन्च र तौल एक किलो थियो। फोनको ब्याट्री २० मिनेटसम्म चलेको थियो । पूर्व नौसैनिक र इन्जीनियर कूपरले १९५२ मा मोटोरोला कम्पनीमा आबद्ध भएका थिए । अहिले मोबाइल प्रविधिले धेरै फड्को मारेको छ, मोबाइल फोन मिनी कम्प्यूटरको रुपमा प्रयोग हुन थालेको छ ।

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

आगामी बिहीबार काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल

प्रतिक्रिया