शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

धनगढीमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

कैलाली - प्रहरीले धनगढीमा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ। शनिबार राति साढे नौ बजेको समयमा धनगढी उपमहानगरपालिका ८ का टेकराज खनालको घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट गएको टोलीले ४२ हजार ६ सय ८५ रुपैया नगदसहित ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पक्राउ पर्नेमा घर धनीसहित कैलाली गौरीगंगा नगरपालीका १० बस्ने वर्ष २६ को भूमिराज चौधरी, सोही ठाउँ बस्ने वर्ष २५ को अरबिन चौधरी, ३२ वर्षीय रमेश कठरिया, २८ वर्षीय ज्ञानेन्द्र कठायत, यस्तै कैलारी गाउँपालीका ८ बस्ने वर्ष ३६ को भिकराम चौधरी,सोही ठाउँ बस्ने ३६ वर्षीय टेक बहादुर साउद रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले बताए ।