बिहीबार २२ जेठ, २०८२
Thursday, June 05, 2025

लागुऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर -  पुर्नवास नगरपालिका–१० दोदा पुल क्षेत्रबाट प्रहरीले दुई जनालाई आइतबार लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–७ बस्ने वर्ष ३३ का सनम भण्डारी र वर्ष २८ की रितु भण्डारी रहेका छन् ।

से ३ प ४४९६ नम्बरको मोटरसाइकलमा जाँदै गरेका दुवै जनाको साथबाट प्लाष्टिकभित्र लुकाइछिपाइ राखेको अवस्थामा नेट्राभेट १० लेखेको ट्यावलेट १५ र स्पास लेखेको क्याप्सुल ४४ थान बरामद गरिएको उनले बताए । दुवैले लागुऔषध भारतको वसया बजारबाट खरिद गरेर ल्याएको प्रहरीसँगको बयानका क्रममा बताएका छन् । पक्राउ परेका दुवैमाथि प्रहरीले अनुसन्धानको कार्य गरी रहेको छ ।