सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छ : सञ्चारमन्त्री कार्की
काठमाडौँ - सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । अनलाइन पत्रकार सङ्घको ११औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सञ्चार क्षेत्रको मुख्य काम जनमत निर्माण गर्ने रहेको बताउँदै त्यसका लागि अनलाइन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले पत्रकारिता पेसाको शुद्दीकरणका लागि अनलाइन पत्रकार सङ्घजस्ता विधागत संस्थाको महत्वपूर्ण भूमिका हुने बताए । उनले अनलाइन सञ्चारमाध्यमलाई पनि अन्य सञ्चारमाध्यम सरह लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपाली सञ्चार क्षेत्रमा अनलाइनको महत्व र औचित्य वर्तमान समयमा झन् बढेको बताए ।
सङ्घका अध्यक्ष शिवप्रसाद सत्याल, नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहाल, नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलगायतले अनलाइन पत्रकारिताको विकासका लागि सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । सङ्घको ११औँ साधारणसभाले डिल्लीप्रसाद सापकोटाको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।
सङ्घको उपाध्यक्षमा गोविन्द अधिकारी, सचिवमा गोविन्द मरासिनी कोषाध्यक्षमा निर्दोष घोरसइनेलाई निर्विरोध निर्वाचित गरेको हो । यस्तै सदस्यमा प्रजु पन्त, अमृत पौडेल र रविराज बराल भएका छन् । रासस

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने निर्णय

अमेरिकाको टेक्सास रहेका नेपालीलाई सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

उद्योगका मुद्दा राष्ट्रका मुद्दा : मन्त्री भण्डारी

प्रधानमन्त्री ओलीबाट रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

'महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डको असन्तुष्टिका बारेमा ध्य…

प्रतिक्रिया