सडक दुर्घटनामा युवाको मृत्यु

महोत्तरी - पूूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने गौशालाचोक नजिकै करिब ३० वर्षीय युवा मृत फेला परेका छन् । अक्षर सङ्केत उडेको ८३४२ नम्बर देखिने मोटरसाइकल शव नजिकै लडेको भेटिँदा सो सडक दुर्घटना घटना भएको इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरीले जनाएको छ । मृत व्यक्ति जिल्लाकै गौशाला नगरपालिका–१ चिनीमिल चोकका कृष्णप्रसाद दाहाल रहेका पहिचान भएको प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए ।
आज साँझ ५ बजेतिर घटना भएको अनुमान प्रहरीले गरेको छ । राजमार्गमा युवालाई लडेको देखेपछि नजिकको सशस्त्र प्रहरी बिटका सशस्त्र प्रहरीले घाइतेलाई शुभस्वस्तिक अस्पताल बर्दिवास पु¥याएका थिए ।
अस्पतालका चिकित्सकले घाइतेको मृत्यु भइसकेको पुष्टि गरेपछि शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाउने तयारी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । मृतकका परिवारजन सम्पर्कमा आइसकेका र अब घटनाबारे थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक सिंहले बताए । रासस

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया