एकसाथ तीन प्रोजेक्टमा अनुष्का

काठमाडौं - बलिउड अभिनेत्री अनुष्का शर्मा पुनः अभिनयको दुनियाँमा आउने तयारी गरिरहेकी छन् । उनी पछिल्लोपटक आनन्द एल रायको फिल्म ‘जीरो’मा देखिएकी थिइन् । जुन फिल्म फ्लप साबित भएको थियो । यद्यपि अब उनी एकसाथ तीन प्रोजेक्टमा देखिँदैछिन् । जसमा दुई फिल्म हुनेछन् भने एक ओटीटी ।
उनी निकट स्रोतका अनुसार उनी ठूला बजेटका दुई फिल्म र ठूलै बजेटको ओटीटी प्रोजेक्टमा देखिँदैछिन् । यी प्रोजेक्टको घोषणा नयाँ वर्ष २०२२ को सुरुवाती समयमा गरिनेछ । उनका तीनवटा प्रोजेक्टको नाम हालसम्म गोप्य नै राखिएको छ ।
उनको फिल्म ‘जीरो’ फ्लप भए पनि उनी ‘सुल्तान’, ‘पीके’ र ‘सञ्जु’ जस्ता महंगा बजेटको फिल्मको हिस्सा बनिसकेकी छन् । उनी भारतीय क्रिकेटर झूलन गोस्वामीको बायोपिकमा पनि अभिनय गर्ने चर्चा चले पनि उनले यो कुरालाई अस्वीकार गरेकी छन् ।

‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

प्रतिक्रिया