अस्पताललाई ५० श्यया बनाउन प्रदेश सरकारसमक्ष माग
पर्सा - पर्साको पोखरिया नगरपालिकामा अवस्थित पोखरिया अस्पताललाई स्तरवृद्धि गरी ५० श्यया बनाउन प्रदेश सरकारसमक्ष माग गरिएको छ । हाल १५ श्ययाको उक्त अस्पताललाई स्तरोन्नति गरी ५० श्यया बनाउन प्रदेश सरकारसमक्ष माग गरिएको पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियारले जानकारी दिए ।
सो अस्पतालको स्तरोन्नतिसहित भौतिक संरचना वृद्धिबारे सामाजिक विकासमन्त्री नवलकिशोर साहसमक्ष छलफल गरिएको नगरप्रमुख रौनियारले जानकारी दिए । अस्पतालको हाल रहेको भवनमा माथिलो तल्ला थप गर्न मन्त्रालयसँग रकम निकासा गर्नसमेत माग गरिएको छ ।
साथै अस्पतालमा आवश्यक औषधिसहित शल्यक्रिया कक्ष, आईसीयू तथा नवजात शिशु सघन हेरचाह एकाइ सेवा सञ्चालन गर्न थप रकम उपलब्ध गराउनसमेत प्रदेश सरकारसमक्ष माग गरिएको हो ।
यसैबीच पोखरिया नगरपालिका–९ जगतपुरमा निर्माणाधीन अधुरो बर्थिङ सेन्टरको भवन निमार्णमा समेत सहयोग गर्न प्रदेश सरकारसमक्ष माग गरिएको छ । पोखरिया अस्पतालबाट पर्साका पोखरिया नगरपालिकासहित जिल्लाका अन्य ग्रामीण क्षेत्रका सेवाग्राहीले सेवा लिने गरेका छन् ।

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

प्रतिक्रिया