बृहत् स्वास्थ्य शिविरको आयोजना गर्दै सिरिजंगा

ताप्लेजुङ - ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले पुुस २१ र २२ गते पालिकाको केन्द्र तेल्लोकमा विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
नोबेल मेडिकल कलेज विराटनगरको सहयोगमा बृहत्त रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।
उनका अनुसार शिविरमा मुटु रोग विशेषज्ञ समेतको सहभागितामा जेनेरल मेडिसिन बिशेषज्ञ सेवा, स्त्री तथा प्रसूति रोग ,हाडजोर्नी तथा नसा रोग, नाँक, कान तथा घाँटी रोग, यौन तथा छाला रोग, आँखा रोग, रेडियोलोजी सेवा, दन्त रोग तथा बाल रोग विशेषज्ञ सेवा प्रदान गरिने भएको छ ।
सिरिजंगाका ८ वटा वडामा प्रति वडा ९ वटाका दरले ७२ वटा टोल विकास संस्था रहेका छन् । साविकका ८ वटा गाउँ विकास समिति मिसाएर बनाइएको सिरिजंगा गाउँपालिकामा साविकका प्रत्येक गाविसका साविकका वडा क्षेत्रलाई टोल विकास संस्थाको कार्यक्षेत्र बनाएर टोल विकास संस्था गठन गरिएको छ ।

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

प्रतिक्रिया