एमालेले बनायो महांकाल-उपत्यका सम्पर्क कमिटी

ललितपुर - ललितपुरबाट युवा काठमाडौं सहर पलायन भएपछि नेकपा एमाले ललितपुरले उपत्यका सम्पर्क कमिटी बनाएको छ । एमाले स्थायी कमिटी सदस्य सुशीला नेपालले दक्षिण ललितपुरमा बसोबास गर्ने बासिन्दाको काठमाडौं उपत्यकामा बाहुल्य भएपछि पार्टीलाई थप मजबुत बनाउन सम्पर्क कमिटी बनाउन जरुरी परेको बताइन् । उनले भनिन्, ‘गाउँका युवा सबैजसो सहरमा छन् । उनीहरुलाई सम्पर्क कमिटीमार्फत संगठित गर्नसके पार्टी थप मजबुत हुन्छ ।’
दक्षिण ललितपुरको महांकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले आफ्नो घर करेसामा सडक पुगेपछि त्यही बाटो हुँदै झिटी बोकेर गाउँपालिकाबाट बसाइँ सर्ने क्रम बढेकाे बताए । उनले भने, ‘यहाँ सहरकाे सबै सुविधा छ, गाउँमै क्याम्पस बोर्डिङ स्कूल छ । तर कोही बस्न मान्दैन ।’
दक्षिण ललितपुरका २५ सय घरमध्ये सबै जसो घरमा पानीको धारा पुगेको, सबै घरमा विजुली बत्ती पुगेको र गाँउपालिकाले सित्तैमा इन्डिक्सन चुह्लाे बाँडेको बताए । उनका अनुसार गाउँमा रोजगारी अवसर र सुविधा सबै भए पनि २५ प्रतिशत सहर पसेका छन् ।
संघीय सासंद नवराज सिलवालले गोटिखेलबाट चापागाँउ सडक राम्रो बनेमा एक घण्टामै आउन सकिने बताए । उनले भने, ‘हामीले यस भेगमा सडक राम्रो बनाउन बाँकी छ । त्यसपछि गोटिखेल क्षेत्रका स्थानीयलाई सहरबाट फर्काउन सकिएला ।’
प्रदेश सासंद चेतनाथ सञ्जेलले लेले चन्दनपुर सडकलाई बहुवर्षीय ठेक्कामा लगाएर सडक निर्माणको तयारी भइरहेको बताए । नवराज सञ्जेलले केही वर्षअघि दक्षिण ललितपुर उपत्यका सम्पर्क कमिटी निर्माण गरिएको भए पनि काठमाडौं उपत्यकामा महांकाल गाउँपालिकाका युवाको संख्या दिनदिनै बढ्न थालेपछि सम्पर्क कमिटी जरुरी बनेको तर्क थियो । आर के घलानको अध्यक्षता एमाले महांकाल उपत्यका सम्पर्क कमिटी गठन भएकाे हाे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया