शुक्रबार २३ जेठ, २०८२
Friday, June 06, 2025

एक वर्षमा ७५२ मानव अधिकार उल्लंघनका घटना

सांकेतिक फोटो

जनकपुर - वर्ष २०२१ मा प्रदेश २ मात्रै ७ सय ५२ मानव अधिकार उल्लंघनको घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकले जनाएको छ । मानव अधिकार उल्लंघनको वर्ष २०२२ प्रकाशनको पुर्व तयारी छलफलमा कार्यक्रममा सन् २०२१ को जनवरी देखि २०२१ डिसेम्बर ३० सम्मको सार्वजनिक गरिईको तथ्यांकमा इन्सेकले जनाएको छ ।

तथ्यांक अनुसार प्रदेशमा राज्य पक्षबाट ६३ र गैरराज्य पक्षबाट ६ सय ८९ मानवअधिकार उल्लंघनको घटना भएको हो । एक वर्षको अवधिमा १८ वटा गर्भपतन, गैर न्यायाकि हिरासतका ४, कुटपीटका ५८, वाल अधिकारका २ सय २५ वटा घटना भएको छ । 

त्यस्तै अमानवीय व्यवहारको घटना २३, गैरन्यायिक हिरासतका २८, हत्याका ८५, जातिय छुवाछुत ३, भेला हुने अधिकारको ४०, धम्की ३, महिला अधिकारको उल्लंघन सम्बन्धि २ सय ६४ घटना भएको तथ्यांकमा उल्लेख छ ।

तथ्यांक अनुसार २ सय ६१ वटा बलत्कार र बलत्कार प्रयासको ४३ वटा घटना भएको छ । यसमध्ये बालबालिका मात्रै १ सय ५१ र महिला १ सय १० जना बलात्कृत भएका उल्लेख छ । 

कार्यक्रममा स्थानीय प्रशासनले मानव अधिकारको सवालमा राज्यपक्ष बढी संवेदनशिल भएका कारणले प्रदेश नंं २ मा राज्यपक्षवाट हुने मानव अधिकारको घटनामा व्यापक कमी आएको दाबी गरे । 

कार्यक्रममा सहभागी धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलले मानव अधिकारको सवालमा प्रहरी प्रशासन बढी संवेदनशील भएका कारणले नै मानव अधिकारको घटनामा कमी आएको बताए ।

ईन्सेकका प्रदेश नंं २ का संयोजक राजु पासवानले गएको महिला तथा वालवालिका माथिको हिंसा बढेकोले यस प्रति सवै पक्ष संबेदनशील हुन जरुरी रहेको बताए । यसै गरि धनुषा जिल्लामा मात्र १ सय १५ वटा मानव अधिकारको घटना उल्लंघन भएको ईन्सेकका धनुषा प्रतिनिधि जितेन्द्र सिंहले जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेशका अध्यक्ष राजेश कर्ण, शसस्त्र प्रहरी उपरीक्षक नरेन्द्र सेन, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार वस्नेत, राष्ट्रिय मानव अधिकार आयोगका अनुसन्धान अधिकृत मनमाया मगर तथा विभिन्न अधिकारकर्मीहरुले वर्ष पुस्तकका विषयमा विभिन्न सुझाव दिएका थिए ।