चिसोका कारण विद्यालय सञ्चालन गर्न मुस्किल
रुकमपूर्व - अत्यधिक चिसोका कारण जिल्लाका विद्यालयमा पठनपाठन गराउन समस्या भएको छ । हिमाली तथा उच्च लेकाली क्षेत्रमा अवस्थित विद्यालयमा हिमपातको कारण पठनपाठनमा समस्या भएको हो । माथिल्लो भेगका कतिपय विद्यालय बन्द भएका छन् भने कतिपय विद्यालय खुले पनि पठनपाठन सञ्चालन गर्न सकिएको छैन । कतीपय विद्यालयमा विद्यार्थी सङ्ख्या ह्वात्तै घटेको छ ।
जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मेकोटमा रहेको हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक हस्तिमान पुनले विद्यालयमा पठनपाठन सञ्चालन गर्न नसकेको बताए । अहिले विद्यालयमा साना बालबालिका आउन सकेका छैनन् भने ४१६ जम्मा विद्यार्थी सङ्ख्या रहेकोमा शुक्रबार जम्मा ४०÷५० जनाको हारहारीमा विद्यार्थी विद्यालयमा आएको प्रधानाध्यपाक पुनले बताए । अत्यधिक चिसोको कारण उपस्थित विद्यार्थीको लागि पनि पठनपाठन सञ्चालन गर्न नसकेको उनले बताए ।
पुथाउत्तरगङ्गा गाउँपालिका–२ पेल्मामा रहेको जनता आधारभूत विद्यालय बन्द गरेको विद्यालय परिवारले जनाएको छ । अन्य ठाउँका विद्यालयमा पनि बाक्लो हिउँ जमेका कारण शिक्षक विद्यार्थी विद्यालयसम्म पुग्न मुस्किल हुने गरेको छ ।
तकसेरामा रहेको महेन्द्र माध्यमिक विद्यालयमा भने कम विद्यार्थीको उपस्थितिमा पठनपाठन सञ्चालन गरिएको पुथाउत्तरगङ्गा गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद खड्काले बताए ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया