‘पत्रकारितामा दक्ष जनशक्तिको अभाव छ’

काठमाडौ - प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालमा सीपयुक्त जनशक्तिको कमी रहेको बताएका छन् । उनले पत्रकारिता क्षेत्रमा पनि सम्बन्धित विषय नपढेका जनशक्तिले काम गर्दा विभिन्न समस्या उत्पन्न भएको उल्लेख गरे ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा आज आयोजना गरेको ‘प्राविधिक शिक्षाको अवस्था र यसको विकासमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष बस्नेतले भने, ‘पत्रकारिता विषय नपढेका र पढेका पनि पत्रकारिता दक्ष नभएकाले पत्रकारिता स्वच्छ, प्रतिस्पर्धी र मर्यादित हुन सकेको छैन, आचारसंहिताको पालना हुन सकेको छैन ।’
अध्यक्ष बस्नेतले पत्रकारिता क्षेत्र जस्तै अन्य क्षेत्रहरुमा समेत दक्ष जनशक्तिको अभाव रहेको बताए । उनले दक्ष जनशक्तिको अभाव भएको औल्याउँदै ‘जलविद्युत् क्षेत्रमा बर्षेनि खर्बाैं रुपैयाँको काम हुन्छ तर नेपालीहरुले सीपको अभावका कारण सबैभन्दा तल्लो लेबल अर्थात मजदुरीको काममात्र पाउँछन् ।’
नेपालमा दक्ष र सीपयुक्त जनशक्ति नहुँदा विदेशबाट नै झिकाउनुपर्ने बाध्यता रहेको उनको जिकिर थियो । उहाँले पछिल्लो समय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सीटीईभीटी) ले सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरेको भए पनि त्यो जनशक्ति नेपालका लागि पर्याप्त नभएकाले दक्ष जनशक्ति उत्पादनका लागि दबाब दिनुपर्ने बस्नेतको धारणा थियो ।
‘गाउँ गाउँमा समेत सिटिईभिटीले उत्पादन गरेको जनशक्ति परिचालन भइरहेका छ, यसका राम्रा कामलाई पत्रकारले बाहिर ल्याउनुपर्छ, यो पत्रकारिताको मूल धर्म पनि हो,’ उनले भने । अध्यक्ष बस्नेतले पत्रकारहरुलाई पनि सीपयुक्त बनेर स्वच्छ र मर्यादित पत्रकारिता गर्न आग्रह गर्दै प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताबारे देशव्यापी जागरण अभियान गरिरहेको जानकारी दिए ।
कार्यक्रममा सीटीईभीटीका सदस्य–सचिव जीवनारायण काफ्लेले आफ्नो संस्थाले नेपालमा सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरिरहेको उल्लेख गरे । सीटीईभीटीले उद्यमी र उत्पादनका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै युवाहरुको विदेश पलायन रोक्ने लक्ष लिएको उनको भनाइ थियो ।
काफ्लेले आफूले ३१ वर्षदेखि सीटीईभीटीमा समर्पित भई काम गरिरहेको भए पनि केही सञ्चारमाध्यमले आफूविरुद्ध भ्रामक र अर्नगल समचार लेखेकोप्रति आपत्ति जनाए । उनले भने, ‘गरेका गल्ती लेख्नुहोस् तर नगरेको गल्तीको भागिदार नबनाउनुहोस् ।’
कार्यक्रममा सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगन हमालले विकासको स्तरलाई मूल्यांकन गर्नका लागि त्यस देशको प्राविधिक पक्षलाई हेरिने बताए । विकसित कहलिएका देशहरुले प्राविधिक क्षेत्रमा उल्लेख्य फड्को मारेको जानकारी दिँदै उनले भने, ‘जुन देशले प्राविधिक क्षेत्रमा विकास गर्दछ ती देशहरु विकसित र समृद्ध भएका छन् ।’
अमेरिका, चीन, जापान, भारत बिकसित राष्ट्रको रुपमा कहिलिनु पनि त्यसैको उपज भएको उनको भनाई थियो । महानिर्देशक हमालले सञ्चारकर्मीहरुमा प्राधिकरण ज्ञान र दक्षता प्रर्याप्त नहुँदा जनतामा भ्रामक सन्देशहरु प्रवाह गरिरहेको बताउँदै पत्रकार तथा सञ्चारकर्मीहरुले समेत प्राविधिक ज्ञान र दक्षता हासिल गर्न आवश्यक रहेको बताए ।
पछिल्लो समय पत्रकारिता क्षेत्र राजनीतिभित्र मात्र फन्को मारिरहेको बताउँदै अब पत्रकारहरुले आफ्ना समाचार र लेखमा प्राविधिक शिक्षालाई महत्वमा राख्नुपर्नेमा जोड दिए । ‘पत्रकारहरुले अब राजनीति जस्तै प्राविधिक शिक्षाको विषयमा आम जनताले बहसको विषय बनाउनका लागि अहम् भूमिका खेल्नुपर्छ,’ उनले भन्नुभयो ।
पत्रकार मुलुककै तेस्रो आँखा भएका कारण प्राविधिक क्षेत्रमा भएका तमाम समस्याहरुलाई बाहिर ल्याउन हमालले आग्रह गरे । प्रविधिको प्रयोगसँगै सञ्चार माध्यमले ‘न्यूज ब्रेक’ गर्ने नाममा गलत समाचारहरु सम्प्रेषण गरिरहेकाले त्यसप्रति सञ्चारकर्मीहरु सचेत बन्दै जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न सुझाव दिए ।
कार्यक्रममा फोरम फर हेल्थ टेक्निकलका अध्यक्ष शैलेन्द्र मोहन झाले नेपालमा उत्पादन भएका स्वास्थ्य जनशक्तिको बेलायत, क्यानडालगायतका विकसित राष्ट्रहरुमा समेत माग भइरहे पनि नेपालमा माग अनुसारका जनशक्ति उत्पादन गर्न नसकेको बताए ।
उनले हाम्रै देशमा जनशक्तिको अभाव हुँदा विदेशमा माग भएअनुसारको जनशक्ति आपूर्ति गर्न नसकेको उल्लेख गरे । दक्ष प्राविधिकको आवश्यकता औंल्याउँदै झाले कोरोना महामारीको समयमा आइसीयू सञ्चालन गर्न सक्ने जनशक्तिको अभाव हुँदा ५ हजार जनाको मृत्यु भएको बताए ।
कार्यक्रममा निजी शिक्षालय महासंघका अध्यक्ष भुवन जोशीले प्रविधिसँग जोडिएको शिक्षा भए पनि राज्यले त्यसलाई डकुमेन्टेशन नगरेको बताए । नेपालमा शिक्षा प्रणाली व्यावहारिक नभएकाले गर्दा बेरोजगारको समस्या बढ्दै गइरहेको उनको भनाइ थियो ।
‘नेपालको शिक्षा प्रणाली यस्तो छ कि जुन शिक्षा आर्जन गरेपछि न आफैँ केही गरेर खान सक्छ, न त कतै काम लाग्छ,’ उनले भने । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा तराई विकास तथा सञ्चार केन्द्र नेपालको अध्यक्ष अध्यक्ष गोविन्द प्रसाद चौलागाईको सभापतिमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट जिल्ला सभापति प्रेमचन्द्र झाले नेपालमा उत्पादन भएका जनशक्तिले नेपाल बनाउने अभियानमा लाग्नुपर्ने उपस्थित सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा विभिन्न सञ्चार क्षेत्रमा सक्रिय भई पत्रकारिता गर्ने पत्रकारहरुको सहभागिता थियो ।

युएई जाने नेपाली श्रमिकको तलब निर्धारण

सशस्त्रका दुई गोताखोर सप्तकोशी नदीमा बेपत्ता

वातावरणमैत्री विकासमा जोड दिन आयोगको आग्रह

निजामती कर्मचारी संगठनले संघीय निजामती ऐन जारी नभए आन्दोलन गर्ने (भिडियो)

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

सगरमाथा नेक्स्टको “एट द टिपिङ पोइन्ट”मा हिमालदेखि विश्वसम्मको कला संवाद हुँदै

पूर्वीय दर्शन र आधुनिक सीप समेट्दै चन्द्रागिरीमा ३५ करोड लगानीमा एसभीएएन स्कुल…

प्रतिक्रिया