गण्डकीका दुई सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने

पोखरा - गण्डकीका दुई सडकमा सुरुङ मार्ग बनाउन सम्भाव्यता अध्ययन गरिने भएको छ । सडक विभागले बागलुङ र कास्कीदेखि स्याङ्जा जोड्ने सडकमा सुरुङमार्ग बनाउने निर्णय गरेको हो ।
बागलुङको बागलुङ बजारदेखि विहुँ हुँदै नरेठाँटी जोड्ने र कास्कीको फुस्रेखोलादेखि स्याङ्जा–गुडीखुला सुरुङका लागि अध्ययन गर्न लागिएको हो ।
यसका लागि सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटको आशयपत्र माग गरिएको छ । बिहीबार सूचना निकालेर आशयपत्र माग गरिएको हो । योसँग नेपालका अन्य ३ वटा सडकमा पनि सुरुङमार्गको अध्ययन गरिने भएको छ ।
रारा राजमार्गको कुसेपाटन, जाजरकोट हुँदै जुम्ला सडक, पाल्पाको प्रवास देखि जोर्ते सडक र भक्तपुरको ताथलीदेखि सिन्धुपाल्चोकको रावियोपी सडकमा सुरुङ मार्ग बनाउन प्रस्ताव गरिएको हो । पुस ३० गतेभित्र आशयपत्र मागेर अध्ययनको प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया