पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्ने जनमतका उपाध्यक्षसहित नौ जना पक्राउ

जनकपुरधाम - पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्न खाेज्ने सीके राउत नेतृत्वको जनमत पार्टी उपाध्यक्षसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटका चपुरमा प्रहरीले जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहासहित नौ जना नेता तथा कार्यकर्ता पक्राउ गरेको हो । जनमत पार्टीले पूर्व घोषित कार्यक्रमअनुसार शुक्रबार पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गर्ने कार्यक्रम राखेको थियो ।
सिराहाको औरही गाउँपालिकामा किसानको लागि आएको गहुँको बिउ वितरणमा ढिलाइ भएपछि केही स्थानीय किसानले उक्त गहुँ आफ्नो लिएर गएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
उक्त घटनालाई लिएर जनमत पार्टी विभिन्न ७ बुँदे माग गर्दै आन्दोलनमा उत्रेका छन् । प्रहरीले उक्त घटनामा पक्राउ गरेका किसानलाई छोडे पनि जनमत पार्टीले अन्य माग पनि पुरा हुनुपर्ने भन्दै पुस १५ गतेदेखि अनिश्चतकालको लागि राजमार्ग नै अवरुद्ध गर्ने कार्यक्रम घोषणा गरेको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया