वैदेशिक रोजगारीमा लागेको ग्रहण आधा हट्याे
एक वर्षमा दुई लाख श्रमिकले मुलुक छोडे

काठमाडौँ- वैदेशिक रोजगारी नेपाल र नेपालीका लागि सन् २०२१ त्यति धेरै उत्साहपूर्ण त भएन तर २०२० मा जस्ताे ठप्प पनि भएन । २०१९ काे अन्त्यतिर काेभिड महामारी फैलिएपछि अन्य क्षेत्र जस्तै वैदेशिक राेजगारकाे क्षेत्र पनि ठप्प बनेकाे थियाे । अझै श्रम गन्तव्यमा रहेका कामदार फर्काउन समेत सरकारमाथि दबाब बढ्दै गएकाे थियाे । तर काेभिड प्रतिराेधी खाेपकाे आपूर्तिसँगै २०२१ देखि भने वैदेशिक राेजगारमै रहेका कामदारहरू पुन: आफ्नाे काममा फर्किए भने नेपालबाट कामदार जाने क्रम पनि शुरु भयाे । साउदी, कतार र कोरिया लगायतका मुलुकमा केही संख्यामा नेपाली कामदार गए ।
कोभिड-१९ को महामारीले नेपाली श्रमिकका लागि गन्तव्य मुलुक ठप्प प्राय थियो । गन्तव्य मुलुकको बाटो मात्र बन्द भएन जसले रेमिट्यान्स आप्रवाहलाई समेत प्रभावित बनायो । धेरै मानिसलाई रित्तो हात फर्कायो । रित्तो हात मात्र फर्काएन ऋणको भारी समेत बोकेर एयरपोर्टमा झरे ।
महामारी सुरु भएपछि सरकारले मुलुकमा २०७६ चैतदेखि लकडाउन घोषणा गर्यो । अन्तर्राष्ट्रिय उडानमा समेत प्रतिबन्ध लागेकाे थियो । जसले हजारौं श्रमिकलाई गन्तव्य मुलुकमा जान रोक्यो । कोभिड संक्रमित र मृत्युदरको ग्राफ उकालो लाग्यो । सबै क्षेत्र प्रभावति बन्यो । सोही वर्ष सबैभन्दा बढी प्रभावित बन्यो वैदेशिक रोजगारीको क्षेत्र ।
वैदेशिक रोजगारीबाट आएको रेमिटयान्सले मुलुककाे अर्थतन्त्र धानिरहेको छ । देशभित्र आर्थिक क्रियाकलाप ठप्प हुँदा पनि रेमिट्यान्सकै कारण मुलुककाे अर्थतन्त्र असफल हुनबाट जाेगिएकाे हाे । गत वर्षदेखि कोभिडविरुद्धको खोप लगाउन थालिएपछि मानिसहरूकाे आवागमन बढेकाे छ । विस्तारै वैदेशिक रोजगारीको क्षेत्र चलायमान हुन थालेको छ । यस वर्ष नेपालबाट श्रम गरी करिब दुई लाख मानिस रोजगारका लागि गएका छन् ।
वैदेशिक रोजगार विभागकाअनुसार पहिले गइसकेका मुलुकमा श्रम गरेर कामदार बढी गएका छन् । केही संख्यामा कतार र साउदी अरब गएका छन् । खाँडीमा आकर्षक मानिएको मुलुक दुवईले अहिलेसम्म श्रमिक भिसामा कामदार लगेको छैन । अहिले पनि विभिन्न माध्यमबाट भिजिट भिसामा जाने गरेका छन् ।
कामदारका लागि खोप प्रमाणीकरणमा झन्झट भए पनि गन्तव्य मुलुकमा गइरहेका छन् । अहिले पनि सबैभन्दा बढी झन्झट खोप प्रमाणीकरणमा छ । खोप पाएसँगै वैदेशिक रोजगारका लागि ढोका खुल्दै गएको छ ।
आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२२ लागेको छ । यतिखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु कक्षमा खचाखच धेरै मानिसहरू लाइनमा छन् । थप नयाँ गन्तव्य मुलुकको खोजी हुन्छ हुन्न यो विषय अझैसम्म अन्यौलै छ । मुलतः कोभिड नियन्त्रण नभएसम्म संशय नै रहनेछ ।
वैदेशिक रोजगारीको नीति परिवर्तन गर्छौ
महामारीले केही समय अवरुद्ध रहे पनि अहिले बिस्तारै चलायमान हुन थालेको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरे बताउँछन् । मन्त्रालयको तर्फबाट नयाँ-नयाँ गन्तव्य मुलुकको लागि श्रम-सम्झौता गर्न खोजिरहेको उनको भनाइ छ ।
मन्त्रालयले कामदारलाई सहुलियत दरमा पठाउन पहल गरिरहेको छ ।' वैदेशिक रोजगारीमा सुधार गर्नुपर्ने धेरै क्षेत्र छ,' उनले भने,' युएईमा भिजिट भिसामा गइ अलपत्र परेका छन् । त्यस्ता कार्यलाई निरुत्साहन गर्नुपर्नेछ । मुख्य कुरा नीति परिवर्तन गर्नुछ । सिण्डिकेट लागू हुने गरी नीति बनेको थियो ।'
वैदेशिक रोजगारबाट फर्केर आएकालाई नेपालमा आत्मनिर्भर बनाउनलाई कार्ययोजना बनिसकेको घिमिरेले प्रस्ट पारे । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन त्यसको स्वरुप परिवर्तन गर्न लागिरहेको उनले बताए ।
सरकारको सहयोग भएन
नेपाली कामदारलाई सरकारले निर्धारण गरेको जनस्वास्थ्यका मापदण्ड पालना गराएर थोरै संख्यामा भए पनि श्रमिक पठाइरहेको वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङ बताउँछन् ।
'पहिलो चरणको कोभिड-१९ संक्रमितको संख्या घट्दै गएपछि रोजगारीमा पठाउनलाई सहज भएको थियो,' उनले भने, 'दाेस्राे लहरले पनि प्रभाव पार्यो । कोभिडविरुद्धको खोप लगाउन थालेपछि केही सहज भएको छ ।' कामदारको मागलाई सहजीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने उनले तर्क राखे ।
तामाङकाअनुसार पहिलो र दोस्रो कोभिड सुरु भएपछि करिब २ लाख कामदार पठाइसकेको छ । व्यवसायीले कामदारको माग ल्याएका छन तर, सरकारले व्यवसायीलाई सहयोग नगरेको उनको भनाइ छ ।
विदामा घर आएका र केही मुलुकबाट नयाँ माग अनुसार आएका ड्राइभिङ, लेभर र क्लिनर कामका लागि बाहिर गइररहेका छन् । 'हामीले खाँडी मुलुकबाट माग भएर आएका कामदार पठाउन पहल गरिरहेका छौ,' तामाङले भने ।
वैदेशिक रोजगारमा परेका श्रमीकलाई उद्धार गर्ने तयारी गरिरहेको तामाङले बताए । कति कामदार अलपत्र परेका छन सम्बन्धित मुलुकमा रहेकाे कूटनीतिक नियोगसँग सम्पर्क गरी तथ्यांक लिने काम भइरहेको उनले सुनाए ।
'मन्त्रालय र सरोकारवाला निकायसँग छलफल चलिरहेको छ,' उनले भने,' वैदेशिक रोजगारीमा जानेलाई सहजै कोभिडविरुद्धो खोप र कार्ड प्रमाणीकरणमा भएको झन्झट हटाइनुपर्छ ।'
चार वर्षमा लिए १० लाख बढीले श्रम स्वीकृति
ताहाचल श्रम कार्यालयकाअनुसार दैनिक १ सयका हाराहारीमा श्रम स्वीकृति लिन आइरहेका छन् । भोलिपल्ट टिकट छ भन्दै श्रम स्वीकृति लिन आउनेको संख्या बढिरहेको उनले जानकारी दिए ।
श्रम कार्यालयले पछिल्लो समय अनलाइनबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । अनलाइनबाट तीन सय ५० ले स्वीकृति लिन आवेदन दिने गरेका छन् ।
एक सातामा चार हजार भन्दा बढीले श्रम स्वीकृति लिइसकेका छन् । विदामा घर आएर फर्कन चाहने र व्यक्तिगत भिसामा जानेहरू बढी रहेका छन् ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया