आमसञ्चार माध्यम समावेशी हुुनुपर्नेमा जोड

काठमाडौँ - सञ्चार क्षेत्रका विज्ञले सहभागिता र विषयवस्तुको हिसाबले आमसञ्चार माध्यम समावेशी हुनुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घद्वारा यहाँ आज आयोजित ‘आदिवासी जनजाति पत्रकारको अवस्था र समावेशीकरण’ विषयक अन्तक्र्रियामा उनीहरुले आमसञ्चार माध्यम समावेशी हुनुपर्ने र यसमा सिमान्तकृत समुदायको न्यायोचित समावेशीकरण हुनुपर्ने आवश्यकता औल्याए ।
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले महिला, आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम र पिछडिएको क्षेत्रले वैकल्पिक मिडिया सञ्चालन गर्नुका साथै मूलधारका मिडियामा आफ्नो सहभागिता बढाउँदै विषयवस्तु सम्प्रेषणका निम्ति पहल गर्नुपर्ने धारणा राखे । आदिवासी जनजाति समुदायले सञ्चालन गरेका मातृभाषाका आमसञ्चारका माध्यमलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो ।
भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले नेपालका विभिन्न जातजातिका भाषालाई जीवन्तता दिने गरी आयातितभन्दा पनि मौलिक पत्रकारितामा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपालका सरकारी र निजीस्तरबाट सञ्चालित आमसञ्चार माध्यमलाई नीतिगतरुपमै समावेशी बनाउनेतर्फ महासङ्घ केन्द्रित भइरहेको बताए । सञ्चारमाध्यमका समाचार कक्ष समावेशी भएमात्रै विषयवस्तुमा समावेशीता आउनसक्ने उल्लेख गर्दै उनले समाचार कक्षलाई नै समावेशी बनाउन महासङ्घको पहल हुने बताए ।
समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले खासगरी सिमान्तकृत समुदायद्वारा सञ्चालित सञ्चारमाध्यमलाई टिकाइराख्नका लागि लोक कल्याणकारी विज्ञापनसँगै अन्य सेवा सुविधाको व्यवस्था गर्नुपर्नेमा जोड दिए । आदिवासी जनजाति पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष गजुरधन राईले करिब ३७ प्रतिशत जनसङ्ख्या रहेको आदिवासी जनजातिको टेलिभिजनमा ६ प्रतिशत मात्रै प्रतिनिधित्व रहेको तथ्य प्रस्तुत गरे । रासस

युएई जाने नेपाली श्रमिकको तलब निर्धारण

सशस्त्रका दुई गोताखोर सप्तकोशी नदीमा बेपत्ता

वातावरणमैत्री विकासमा जोड दिन आयोगको आग्रह

निजामती कर्मचारी संगठनले संघीय निजामती ऐन जारी नभए आन्दोलन गर्ने (भिडियो)

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

सगरमाथा नेक्स्टको “एट द टिपिङ पोइन्ट”मा हिमालदेखि विश्वसम्मको कला संवाद हुँदै

पूर्वीय दर्शन र आधुनिक सीप समेट्दै चन्द्रागिरीमा ३५ करोड लगानीमा एसभीएएन स्कुल…

प्रतिक्रिया