बिहीबार २२ जेठ, २०८२
Thursday, June 05, 2025

खोप लगाउन गएकी पासाङ ९ महिनाकी छोरीसँगै बेपत्ता

काठमाडौँ - खोप लगाउन गएकी पासाङलामु शेर्पा ९ महिनाकी छोरीसँगै बेपत्ता भएकी छन् । पुस १३ गते सिन्धुपाल्चाेककाे पेम्बाथान स्वास्थ्य चौकीमा छोरीलाई खोप लगाउन गएकी उनी घर फर्कने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकले जानकारी दिएकाे छ ।

जुगल गाउँपालिका-३ पेगा खाेलाकाे फट्के तर्ने क्रममा आमाछोरी बेपत्ता भएको प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यलयका सूचना अधिकृत शुदर्शन थापाका अनुसार खोला छेउमा उनीहरुको लुगा भेटिएपछि बेपत्ता भएको आशंका गरिएको हो ।

 इलाका प्रहरी कार्यालय जलबिरेबाट प्रहरी टोली परिचालन भएको र बेपत्ता आमाछोरीको खोजी जारी रहेको थापाले जानकारी दिए ।