माओवादी बन्दसत्र : प्रतिवेदनमा उठेका प्रश्नमाथि अध्यक्ष दाहालले जवाफ दिन थाले

काठमाडौँ- नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । महाधिवेशनको छैठौं दिन आज अध्यक्ष पुष्पकमल दाहालले आफूले प्रस्तुत गरेको राजनीतिक वैचारिक दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिन सुरु गरेका छन् ।
दिउँसो १ बजेबाट सुरु भएको बन्दसत्रमा यसअघि निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गरेर अध्यक्ष दाहालले उठेका प्रश्नमाथि जवाफ दिन सुरु गरेका हुन् ।
बन्दसत्रको दिन अध्यक्ष दाहालले प्रस्तुत गरेको दस्तावेजमा छलफल तथा निष्कर्ष सुझाव सुनाउन २५ वटा समूह गठन गरिएको थियो । २५ वटै समूहले बिहीबारसम्म विभिन्न प्रश्न उठान गर्दै निष्कर्ष सुनाइसकेपछि अध्यक्ष दाहालले जवाफ दिन थालेका हुन् ।
समूहगत छलफलबाट कम्युनिस्ट नेताको आचारण, संस्कार, जीवनशैली, वैचारिक स्पष्टतादेखि अन्तर्राष्ट्रिय विषयसम्म थुप्रै सुझाव आएका छन् । जसलाई दस्तावेजमा समेट्न माग गरिएको छ ।
पारित भएको माओवादीको समसामयिक प्रस्तावमा के-के छ ? (पूर्णपाठसहित)

'साम्यवाद' र 'वर्गसंघर्ष' शब्द हटाउन निर्वाचन आयोगले दिएको आदेशप्रति माओवादीका…

माओवादीको माग : काठमाडौँ उपत्यकाभित्र माटो र बालुवा उत्खननमा रोक लगाऊ

‘जनयुद्धकालीन मुद्दा’मा तीन जना अझै थुनामा, माओवादीले गर्याे रिहाइको अपिल

माओवादी केन्द्रीय सदस्यले लिए शपथ

माओवादी महाधिवेशन : यी हुन् कोही पनि केन्द्रीय सदस्य नभएका भएका चार जिल्ला

कर्णालीबाट माओवादी केन्द्रमा २९ केन्द्रीय सदस्य, मुगु र दैलेख शून्य

प्रतिक्रिया