म्यानचेस्टर सिटीका खेलाडी कान्सेलोमाथि सांघातिक आक्रामण
काठमाडौँ- म्यानचेस्टर सिटीका रक्षक जोआओ कान्सेलोमाथि सांघातिक आक्रामण भएको छ । बिहीबार कान्सेलोको घरमा चार जनाले डकैती गरेको र सोही बेला पोर्चुगलका खेलाडीमाथि भौतिक आक्रामण गरिएको बताइएको छ । मान्सेलोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आक्रामणको जानकारी दिएका हुन् ।
‘मेरो घरमा डकैती गर्न आएका चार जनाले ममाथि आक्रामण गरे । मैले प्रत्याक्रमणको प्रयास गरेको थियो तर म घाइते बन्न पुगे । जे होस् हाल मेरो परिवार सुरक्षित छ । यो घटनालाई बिर्सेर अगाडि बढ्नका लागि मसँग हिम्मत छ,’ कान्सेलोले भनेका छन् ।
उता सिटीले विज्ञप्ती जारी गर्दै कान्सेलोको घरमा डकैती गर्नेहरूको खोजी भइरहेको जनाएको छ । ‘जोआओ र उनको परिवारका सदस्यहरू हाल सुरक्षित छन् । डकैतीमा संलग्नहरूको खोजी भइरहेको छ । यसमा जोआओले प्रहरीलाई आवश्यक सहयोग गरिरहेका छन्,’ सिटीले भनेको छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया